कोरिया पठाइदिन्छु भन्दै रु. ७ लाख ठगी गरेको आरोपमा १ जना पक्राउ

काठमाडौँ । दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका ६ सितापाइला बस्ने झापा अर्जुनधारा नगरपालिका ८ का ३४ वर्षीय दिनेश खतिवडा रहेकाे प्रहरीले जनाएको छ ।

उनले काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका ९ मुक्पाटर घर भई काठमाडौँ महानगरपालिका १५ स्वयम्भु बस्ने ४० वर्षीय पुरुषलाई दक्षिण कोरियामा प्रतिष्ठित होटलमा मासिक २ लाख ५० हजार रुपैयाँ तलब पाउने गरी काम लगाइ दिने भन्दै नगद ७ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएकाे छ ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौँ मिनभवनबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँ पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =