मेरो सेयरको सेवा अवरुद्ध

काठमाडौँ । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएसिसी) ले सञ्‍चालन गरेको मेरो सेयर एप र वेवसाइट हाल अवरुद्ध भएको छ ।

बिहीबार बेलुका ५ः३० बजेदेखि सेवा अवरुद्ध भएको हो ।

डाटा नयाँ सर्भरमा माइग्रेसन गर्नुपर्ने भएकाले सेवा अवरुद्ध भएको हो ।

सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको डाटा सेन्टरमा जडान गरेका उपकरण नयाँ सर्भरमा स्थानान्तरण गर्नुपर्ने भएकोले सेवा स्थगित गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *