म्यानमारबाट नेपालमा सीधा हवाइ उडानकाे तयारी

काठमाडाैँ । म्यानमारबाट नेपालमा सीधा हवाइर् उडान गर्ने तयारी थालिएकाे छ । म्यानमारकाे राजधानी याङ्गुनबाट नेपालकाे भैरहवामा रहेकाे गाैतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा सीधा हवाइ उडानकाे तयारी गरिएकाे नेपालका लागि म्यानमारका राजदूत यु सिन ओकाले बताए ।

नेपाल म्यानमार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजको १२औं वार्षिक साधारणसभा उद्घाटन सत्रमा बाेल्दै राजदूत ओकाले दूताबासकाे तर्फबाट म्यानमार सरकारसमक्ष यसबारे प्रस्तव पत्रसमेत पठाइसकेकाे बताए ।

‘दुई मुलुकबीच जनस्तरमा सुमधुर सम्बन्ध रहेकाले हामी दुई मुलुकबीच व्यापार र आर्थिक सम्बन्ध विस्तारका साथै एयर कनेक्टिभिटी स्थापना गर्न गइरहेका छौँ,’ उनले भने ।

कार्यक्रममा म्यानमारका लागि नेपाली राजदूत हरिश्चन्द्र घिमिरेले यी दुई मुलुकबीच संस्कृति, व्यापार र भाषागत सम्बन्ध विस्तारको ठूलो सम्भावना रहेको बताए ।

विविधतामा एकता दुवै देशकाे मुल मन्त्र रहेको भन्दै उनले म्यानमार सार्क र आसियान मुलुकबीचको पुल भएको बताए । म्यानमारमा रहेका नेपालीलाई दोस्रो ठूलो डायस्पोरा भन्दै उनले नेपालको हकमा उनीहरुले सफ्ट पावरका रुपमा काम गर्न सक्ने बताए ।

चेम्बरका अध्यक्ष शिवकुमार अग्रवालले दुवै मुलुकका सरकारलाई द्विपक्षीय व्यापार, लगानी र पर्यटन प्रवर्द्धन गर्न सिधा हवाई सम्पर्क स्थापित गर्नेतर्फ काम गर्न आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *