सेयर बजार दोहोरो अंकले बढ्दा २ अर्बको कारोबार

काठमाडौँ । साताको पाँचौँ कारोबार दिन बिहीबारसेयर बजार दोहोरो अंकले बढेको छ ।

यस दिन सेयर बजार नेप्से परिसूचक २७.७२ अंकले बढेर २०६८.४२ बिन्दुमा पुगेको छ । यस दिन ‘क’ वर्गका कम्पनीको मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत ५.४१ अंकले बढेर ४००.०८ विन्दुमा पुगेको छ ।

यस दिन २ अर्ब ५ करोड ७९ लाख ८० हजार ५७ रुपैयाँमा ५१ लख १ हजार २ सय ९० कित्ता सेयर खरिदबिक्री भएको छ ।

यस दिन १७१ कम्पनीको सेयर मूल्य बढेको छ । १२ओटा कम्पनीको सेयर मूल्य घटेको छ । ३ ओटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

यस दिन नेप्सेका १३ ओटै समूहगत सूचक हरिया भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *