अमेरिकन आइडलका उपविजेता दिवेश पोखरेल नेपाल आइपुगे

काठमाडौँ । अमेरिकी गायन रियालिटी शो अमेरिकन आइडल का उपविजेता नेपाली युवा अर्थर गन अर्थात् दिवेश पोखरेल नेपाल आइपुगेका छन्।

उनी बुधबार अपरान्ह काठमाडौं आइपुगेका हुन्। त्रिभुवन विमानस्थलमा उनी नेपाली ढाकाटोपीमा देखिएका थिए। उनीसहित उनको ब्यान्डका अन्य चार जना सदस्य पनि काठमाडौँ आइपुगेका छन्।

पोखरेल आगामी शनिबार हुने सांगीतिक प्रस्तुतीका लागि काठमाडौं आएका हुन्। उनले काठमाडौं, पोखरा, चितवन, बुटवल, धरानलगायत नेपालका विभिन्न सहरहरूमा प्रत्यक्ष सांगीतिक प्रस्तुती दिने बताइएको छ।

उनीहरूलाई स्वागत गर्न फ्यान विमानस्थलमै पुगेका थिए। सन् २०२० को अमेरिकन आइडलमा उपविजेता भएका उनी त्यसयता पहिलोपटक नेपाल आएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =