थुलुङ दुधकाेशीले भन्याे- बेरुजुलाई ‘भ्रष्टाचार’ भनेर समाचार लेखियाे, कुनै सत्यता छैन (विज्ञप्तिसहित)

भ्रामक समाचार लेख्ने पत्रकारलाई कारबाहीकाे माग

साेलुखुम्बु । जिल्लाकाे थुलुङ दुधकाेशी गाउँपालिकाले समाचारमा लेखिएजस्ताे पालिकामा भ्रष्टाचार नभएकाे प्रष्टाेक्ति दिएकाे छ । समाचारमा कुनै सत्यता नरहेकाे उल्लेख गर्दै तथ्य बङ्ग्याएर समाचार लेख्ने पत्रकारलाई ऐन-कानूनबमाेजिम कारबाहीकाे समेत माग गरिएकाे छ । वडा नं. ७ का वडाध्यक्षसमेत रहेका पालिकाका प्रवक्ता भाेजराज कार्कीद्वारा जारी गरिएकाे विज्ञप्तिमा भनिएकाे छ— ‘तथ्य र तथ्यांकलाई बङ्ग्याएर निश्चित इच्छासमूहबाट परिचालित भएझैँ शृङ्खलाबद्ध भ्रामक समाचार सम्प्रेषण गर्नेहरूलाई नेपालकाे प्रचलित ऐन, कानूनअनुसार कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गर्दछाैँ ।’

विज्ञप्तिमा पालिका नेतृत्व र नेतृत्वले गरेकाे काम/कारबाहीलाई असफल बनाउन पत्रकारिताकाे माध्यमबाट तथ्य बङ्ग्याएर अतिरञ्जना मच्याउन खाेजिएकाे जिकिर गरिएकाे छ । ‘पछिल्लाे समय हाम्राे पालिका नेतृत्वकाे क्रियाशीलता, राजनीतिक सफलता र पालिकाले गरेकाे जनपक्षीय काम र विकासमा राखेकाे रेकर्ड राेक्न र ताेड्नका लागि पत्रकारिताकाे आवरणमा पालिकाकाे बेरुजुकाे विषयलाई बङ्ग्याएर केही व्यक्तिले अनलाईन पत्रकारिताकाे माध्यमबाट अतिरञ्जित गरिएकाे कार्यप्रति हाम्राे ध्यानाकर्षण भएकाे छ,’ विज्ञप्तिमा भनिएकाे छ ।

महालेखा परीक्षककाे पछिल्लाे प्रतिवेदनअनुसार थुलुङ दुधकाेशीकाे १ अर्ब ४ कराेड १२ लाख ५० हजार रुपैयाँकाे लेखा परीक्षण गर्दा १ कराेड ५१ लाख ४७ हजार बेरुजु देखिएकाे थियाे । जबकी उक्त बेरुज साेलुखुम्बुकाे ८ वटा पालिकामध्यकै कम हाे । यसमा बढीभन्दा बढी सैद्धान्तिक बेरुजु भएकाे पालिकाले जनाएकाे छ । यसैलाई भ्रष्टाचारकाे स‌ंज्ञा दिएर समाचार बनाइएकाे भन्दै पालिकाले भ्रामक समाचारकाे पछि नलाग्न आग्रहसमेत गरेकाे छ । ‘बेरुजुलाई भ्रष्टाचारसँग जाेडिएर आएका समाचारमा कुनै सत्यता नरहेकाे र त्यस्ता मनसाय राखी पितपत्ररिताका हिमायतीहरूले  प्रेषित गरेकाे भ्रामक समाचारहरूकाे पछि नलाग्न आमजनसमुदायमा अपिल गरिन्छ,’ त्यहाँ भनिएकाे छ, ‘समपरीक्षण गरी न्यून बेरुजु कायम भएकाे अवस्था देख्दादेख्दै  समपरीक्षणअघिकाे महालेखा परीक्षककाे प्रारम्भिक प्रतिवेदन दिएर अतिरञ्जित गर्ने प्रयास गरेकाे स्पष्ट नै छ ।’

यस्तै पालिकाले शून्य बेरुजु कायम हुनेगरी कार्यसम्पादन गरिरहेकाे समेत बताएकाे छ ।

पालिकामा नेकपा (माओवादी केन्द्र) बाट असिम राई दाेस्राे कार्यकालका लागि दाेहाेरिएकाे छ । माओवादी केन्द्र, जिल्ला समन्वय समिति संयाेजकसमेत रहेका राई जनचाहनाअनुसार नै दाेहाेरिएका हुन् । उनले गरेकाे काम/कारबाही देखेर विपक्षीहरू अत्तालिरहेकाे चर्चा साेलुखुम्बुकाे राजनीतिक वृत्तमा सुनिन्छ ।

विज्ञप्ति हेर्नुस्;

प्रतिक्रिया

One thought on “थुलुङ दुधकाेशीले भन्याे- बेरुजुलाई ‘भ्रष्टाचार’ भनेर समाचार लेखियाे, कुनै सत्यता छैन (विज्ञप्तिसहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *