होटल एलिस द अन्डर इन सञ्चालनमा आउँदै

काठमाडौँ । होटल एलिस द अन्डर इन सञ्चालनमा आउने भएको छ । इमर्जिङ्ग नेपालको लगानीमा निर्र्माण भइरहेको होटल एलिस आगामी महिनादेखि सञ्चालनमा आउने भएको हो ।
कर्णाली प्रदेशको हुम्ला जिल्ला सिमिकोट स्थित निर्माण भएको होटल होटल एलिस ख्यातिप्राप्त धार्मिक स्थल मानसरोवर जाने प्रवेशद्धारमा पर्दछ ।

हुम्ला आफैँमा पर्यटकीय स्थल रहेकाले पर्यटनको लागि रमणीय स्थलहरु रहेका छन् । पर्यटकीय दृष्टिकोणले निकै नै रमणीय रुमामा रहेकोले आन्तरिक तथा बाह्य पर्यटकको लागि अति नै लोभलाग्दो दृष्य रहेको छ ।

होटलले आन्तरिक तथा बाह्य पर्यटकका लागि विभिन्न ट्राभल एजेन्सीमार्फत व्यक्तिगत, कर्पाेरट प्याकेज सहितको सेवा प्रदान गर्ने जनाएको छ ।

मानसरोवर जाने तिर्थयात्रीका लागि हुम्लाको सिमिकोट प्रवेशद्वार र भएकाले धार्मीक पर्यटन प्रवर्द्धनमा होटलले महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको जनाएको छ ।

पर्यटन र पारिवारिक जमघटको लागि अति उपयुक्त र रमणीय वातावरणमा सञ्चालन भएकाले पर्वतीय पर्यटन विकासमा कोसेढुंगा हुने होटलले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *