कार्य व्यवस्था परामर्श समितिको बैठक जारी

काठमाडौँ । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समिति बैठक सुरु भएको छ । संसद् बैठक बस्नुअघि संसद भवन नयाँ बानेश्वरमा अहिले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समिति बैठक बसेको हो ।

अहिले केहीबेरमा संसद् बैठक बस्दैछ । संसद सचिवालयका अनुसार नागरिकता विधेयकलगायतका विषयमा छलफल गर्न कार्यव्यवस्‍था परामर्श समिति बैठक बसेको हो । एमाले विषयगत समितिमा विधेयक पुनर्विचारका लागि लैजाउ भन्ने अडानमा छ भने सत्तारुढ दलहरुले आजै प्रतिनिधि सभामा छलफल सकाएर पारित गर्ने तयारी गरेका छन् ।

मंगलबार बसेको सत्ता गठबन्धन बैठकले नागरिकता विधेयक हुबहु प्रमाणकीकरणका लागि पुनः राष्ट्रपति कार्यालयमा पठाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =