बीना रसिद भर्ना : जन माविबाट २ लाख ७६ हजार रूपैयाँ अख्तियारको नियन्त्रणमा

सुर्खेत । विद्यार्थी भर्नाको क्रममा बीना रसिद शुल्क लिएको आरोपमा अख्तियारको टोलीले नगद रकमसहित कागजात नियन्त्रणमा लिएको छ ।

बुधबार कक्षा ११ को भर्नाको क्रममा रसिद बीनै रकम संकलन गरेको आरोपमा वीरेन्द्रनगरमा रहेको जन नमूना माध्यमिक विद्यालयबाट नगद रकमसहित कागजात नियन्त्रणमा लिएको हो ।

कर्णाली प्रदेशकै उत्कृष्ट शिक्षा दिने विद्यालयको नाममा परिचित रहेको जन माविबाट नगद दुई लाख ७६ हजार छ सय ९० रुपैयाँ नगद र आवश्यक कागजात नियन्त्रणमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतकाअनुसार विद्यालयका दुई जना कर्मचारीलाई समेत नियन्त्रणमा लिएको छ भने उनिहरुको नाम खुलाएको छैन् ।

अख्तियारका सूचना अधिकारी उप–सचिव भेषराज रिजालले उक्त कर्मचारीहरुले विद्यार्थीबाट रसिद बीनै शुल्क लिएको विषेश सूचनाका आधारमा नियन्त्रणमा लिएको र यस विषयमा थप अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

प्रतिक्रिया

One thought on “बीना रसिद भर्ना : जन माविबाट २ लाख ७६ हजार रूपैयाँ अख्तियारको नियन्त्रणमा

  1. Yesto garnu galat ho freema 11 ra 12 lai padhaunalai tw sarkarle sarkari teacher aabasekta anusar dina saknu paryo . 3 Jana teacher le sabai faculty ko stds lai kasari padhauna sakxa. Yesma sarkar ko dhyan huna aabasek xa

Leave a Reply

Your email address will not be published. Required fields are marked *