सम्मानजनक रूपमा सिट बाँडफाँटका हुनुपर्ने एकीकृत समाजवादीकाे ठहर

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले अगामी निर्वाचनमा सम्मानजनक ढङ्गले सिटको बाँडफाँटका लागि गठबन्धनको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

बुधवार पार्टी कार्यालय तीनकुनेमा बसेको समाजवादीको सचिवालय बैठकले गठबन्धनको बिचमा सिटको बाँडफाँटका बारेमा छलफल चलिरहेको भन्दै सम्मानजनक सिटको बाँडफाँटका लागि ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

त्यस्तै बैठकले माओवादी केन्द्र र समाजवादीबिच समिति बनाएर एकता गर्नका लागि गृहकार्य गर्ने निर्णय गरेको छ भने आगामी निर्वाचनका लागि उम्मेदवार छनौटको मापदण्ड र टिकट वितरणको निर्णय प्रक्रिया टुङ्गो लगायतको समाजवादीका नेता गङ्गालाल तुलाधरले जानकारी दिए ।

बैठकले केही केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरेको उनले बताए । त्यस्तै सचिवालय बैठकले आगामी भाद्र ९ गते पार्टीको पुनर्गठन दिवस मनाउने निर्णय गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *