सवारी साधनमा छुटेको १६ लाख ६४ हजार बराबरको सामान ट्राफिक प्रहरीद्वारा फिर्ता

काठमाडौँ । काठमाडौँ उपत्यकामा गत साउन महिनामा सवारी साधनमा छुटेका १६ लाख ६४ हजार बराबरका सामान ट्राफिक प्रहरीले सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।

साउन महिनाभित्र उपत्यका ट्राफिक प्रहरी कार्यालयको खोजतलास शाखामा ५२ जनाले आफ्नो महत्त्वपूर्ण सामान हराएको भनी निवेदन दिएका थिए । निवेदनको आधारमा ट्राफिक प्रहरीले खोजतलास सुरु गरेको थियो । सोही क्रममा सिसी क्यामेरासमेत प्रयोग गरेर ३३ जनाको १६ लाख ६४ हजार बराबरको सामान फेला पारी सम्बन्धित धनीलाई ट्राफिक प्रहरीले बुझाइसकेको छ ।

सामान छुटेका ११ ओटा सवारी साधन फेला परिसकेको तर त्यसमा छुटेका सामान भने फेला पर्न नसकेको उपत्यका ट्राफिक प्रहरी कार्यालयको खोजतलास शाखाले जनाएको छ ।

सवारी साधनमा छुटेका ८ जना यात्रुको सामानबारे भने अहिले अनुसन्धान भइरहेको छ । सवारी साधनमा कुनै पनि सामान छुटेमा सवारी साधनको नम्बर वा रङ र छुटेका सामानको विवरण सहित निवेदन दिन सकिने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *