ह्वावेद्वारा सीड्स फर द फ्युचरको उद्घाटन

काठमाडौँ । ह्वावेले सीड्स फर द फ्युचर–२०२२ को उद्घाटन गरेको छ । यो ह्वावेको ग्लोबल फ्ल्यागशिप सीएसआर कार्यक्रम भएको कम्पनीले जनाएको छ ।

जुन सबै आईसीटी सम्बन्धी विषयका स्नातक तहका विद्यार्थीका लागि लक्षित छ । ह्वावेले नेपालमा कार्यक्रम सुरु गरेको यो दोस्रो वर्ष हो । कार्यक्रम पहिलो पटक थाइल्याण्डमा २००८ मा सुरु भएको थियो।

त्यसबेलादेखि १३० भन्दा बढी देश र क्षेत्रका १२ हजारभन्दा बढी विद्यार्थीले कार्यक्रममा भाग लिएको कम्पनीले जनाएको छ ।

यस वर्ष नेपालभरबाट २५६ आवेदन प्राप्त भएको कम्पनीले जनाएको छ । त्यसपछि प्राडा शशीधर राम जोशी, प्रा तिमिला यमी थापा, प्राडा सुवर्ण शाक्य र प्राडा मनिष पोखरेलले लिएको जीपीए, प्रेरणा पत्र र छनोट अन्तर्वार्ताका आधारमा ७ जना विद्यार्थीलाई छनोट गरिएको थियो ।

नेपालबाट छनोट भएका ७ विद्यार्थीको सूची 

निर्माण खड्का – काठमाडौं विश्वविद्यालय
बंशज पौडेल – मदन भण्डारी मेमोरियल कलेज
जतिन भुसाल – ख्वोपा ईन्जिनियरिङ कलेज
रीया बैद्य – पुल्चोक क्याम्पस
नदिका पौडेल – पुल्चोक क्याम्पस
प्रज्ञा मल्लिक – काठमाडौं विश्वविध्यालय
अजु तामाङ – अमृत साइन्स क्याम्पस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 10 =