सिंहदरबारमा ग्यास सिलिण्डर लैजान रोक !

काठमाडौँ । सिंहदरबारभित्र ग्यास सिलिण्डर लैजान रोक लगाइएको छ । खाना पकाउन बिजुलीको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार आजबाट सिंहदरबारभित्र ग्यास सिलिण्डर लैजान रोक लगाइएको हो ।

सिंहदरबारको गेटमा खटिएका सुरक्षाकर्मीहरुका अनुसार ग्यास सिलिण्डर भित्रै लैजान नदिन आफूहरुलाई आदेश छ । आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत् सरकारले बिजुली प्रयोगलाई प्रोत्साहन गर्ने र त्यसको सुरुवात सिंहदरबारभित्रबाट गर्ने जनाएको थियो ।

अर्थमन्त्री जनार्दन शर्माले गत १५ जेठमा चालू आवको बजेट सार्वजनिक गर्दै साउनभित्र सिंहदरबारबाट एलपी ग्यास हटाएर विद्युतीय चुलो प्रयोगमा ल्याउने घोषणा गरेका थिए । तर, सरकारको एलपी ग्यास विस्थापनको पहिलो घोषणा नै लक्ष्यअनुसार समयमा पूरा हुन सकेकाे छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *