पशु चिकित्सक आन्दोलित

काठमाडौँ । पशु चिकित्सकले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । प्रतिनिधि सभाबाट ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक’ पारित भएको दोस्रो दिन उनीहरूले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

नेपाल भेटेरिनरी एशोसिएनले आज विज्ञप्ति जारी गर्दै साताव्यापी विरोधका कार्यक्रम सार्वजनिक गरेको छ । एशोसिएनले विधेयकमा समावेश केही बुँदामा असहमति जनाउँदै आएको छ । ‘हामीले पटक पटक हाम्रा कुरालाई राख्नको लागि समय माग गर्‍यौ तर समितिले समय उपलब्ध समेत गराएन, निरङ्कुश तरिकाले पेलेर अगाडि बढ्यो । विधेयकमा समितिले गरेका कमजोरीहरूलाई प्रतिनिधि सभाबाट सुधार हुने अपेक्षा गरेका थियौँ,’ अध्यक्ष डा. सितलकाजी श्रेष्ठले जारी गरेको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘तर मिति २०७९ साल श्रावण ३१ गते प्रतिनिधि सभामा माननीयहरूले राखेका सुझावहरूलाई समेत बेवास्ता गरी यो विधेयक पारित गरियो । यसरी पशु स्वास्थ्य जस्तो गम्भीर विषयमा विज्ञ र प्राविधिकबीच सामान्य भिन्नतासमेत नदेखिने गरी विवादित विषयहरू सम्बोधन नगरी, द्वैध अर्थ लाग्ने गोलमटोल शब्दहरू राखी विधेयक पारित गरिएको प्रति यस एशोसिएसन गम्भीर आपत्ति प्रकट गर्दछ ।’

विदेशमा रहेका दक्ष जनशक्ति,स्वदेश भित्र्याउने नीति र वातावरण विकास गर्नुपर्नेमा दिनानुदिन वैज्ञानिक जनशक्ति पलायन हुने अवस्था सिर्जना गरिएको एशोसिएनको ठहर छ । विधेयकमा भएका कमजोरीलाई सम्मानित राष्ट्रिय सभाबाट सच्याई जायज मागहरू सम्बोधन गर्न पनि माग गरिएको छ ।

  • यस्ता छन् विरोध कार्यक्रमहरू
  • २०७९ भाद्र १ कार्यस्थलमा कालो पट्टि बाँधेर विरोध जनाउनुहुन
  • २०७९ भाद्र २ कार्यस्थलमा पेन डाउन, कामकाज बन्द गर्ने
  • भाद्र ३, ४ र ५ अत्यावश्यकका बाहेक उपचार सेवा बन्द गर्ने
  • अनिश्चितकालिन रूपमा भेटेरिनरी शिक्षा सञ्चालन हुने विश्वविद्यालय, कलेज, सिटिभिटी र शिक्षा विभाग अन्तर्गतका स्कुलहरूमा अनिश्चितकालिन रूपमा अध्ययन अध्यापन बन्द गर्ने
  • अनिश्चितकालिन रूपमा १ दिने चल्ला बाहेकका पशुपन्छी स्वास्थ्य प्रमाणपत्र जारी नगर्ने
  • भाद्र ६ काठमाडौँ केन्द्रित भेला
  • भाद्र ७ काठमाडौँमा विशेष साधारण सभा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 11 =