थप ८ सय ४८ जनामा काेराेना संक्रमण, १ काे मृत्यु

काठमाडौँ । नेपालमा थप ८ सय ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ७ सय २२ पिसिआर परीक्षणका क्रममा ३ सय ९९ जना र २ हजार ८ सय ९७ एजेन्ट परीक्षणका क्रममा ४ सय ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ भने थप ५ सय २६ सङ्क्रमित निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा ५ हजार २ सय ५९ सक्रिय सङ्क्रमित आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *