पेरिसडाँडा पुगे बाबुराम !

काठमाडाैँ । नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराई नेकपा माओवादी केन्द्रकाे मुख्यालय पेरिसडाँडा पुगेका छन् । बाबुराम अध्यक्ष महेन्द्रराय यादव र सहअध्यक्ष गंगानारायण श्रेष्ठसहित पेरिसडाँडामा पुगेका हुन् ।

उनीहरूले त्यहाँ माओ‌वादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्नेछन् । उनीहरूबीच त्यहाँ सिट बाँडफाँटबारे कुराकानी हुने एक नेताले बताएका छन् ।

बाबुराम माओवादी केन्द्रकाे चुनाव चिह्न हँसिया हथाैडाबाट चुनाव लड्न तयार भइसकेका छन् भने माओवादी केन्द्रले पनि चिह्न उपलब्ध गराउने निर्णय गरिसकेकाे छ ।

उक्त निर्णयबारे जानकारी गराउन माओवादी केन्द्रबाट शिव खकुरेल र नेसपाबाट खगेन्द्र देवकोटा मंगलबार दिउँसो निर्वाचन अयाोग गएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *