मिटरब्याज पीडितले भदौ ५ भित्र उजुरी दिन कास्की प्रशासनको आग्रह

पोखरा । कास्की जिल्ला प्रशासनले भदौ ५ भित्र मिटरब्याज पीडितलाई प्रमाण सहित उजुरी दिन भनेको छ ।

प्रशासनले एक सूचना प्रकाशित गर्दै मिटरब्याजी पीडितले प्रमाणसहित निवेदन पेस गर्न भनेको हो ।

मिटरब्याजको बिगबिगी बढेको सूचना पाएपछि प्रशासनले पीडितबाट सूचना सङ्कलन गर्न लागेको हो ।

मिटर ब्याजीहरूले गरेको अपराध र शोषणको तथ्य प्रमाण सहित प्रशासन वा प्रहरीमा उजुरी दर्ता गराउन कास्की प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *