वृज सिमेन्टद्वारा पशुपतिनाथमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ । वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिले साउनको अन्तिम सोमबार सुन्दरीजलदेखि पशुपतिनाथसम्म विभिन्न ८ स्थानमा बोलबमका भक्तजनलाई निःशुल्क खानेपानी, स्वास्थ्य शिविर, फलफुल जुसलगायतका सेवा प्रदान गरेको छ । लायन्स एण्ड लियो क्लब अफ काठमाडौँ चाबहिल, वृज सिमेन्टको संयुक्त आयोजनामा यो कार्यक्रम गरिएको हो ।

विभिन्न स्थानबाट आउने र पशुपति दर्शन गर्ने भक्तजनलाई १५० जना विभिन्न स्वयंमसेवकद्वारा ८ स्थानमा सेवा प्रदान गरिएको छ । यसका साथसाथै पशुपतिनाथमा भक्तजनहरुलाई निःशुल्क स्वस्थ्य परीक्षणसमेत गरिएको छ ।

स्वास्थ्य शिविर क्याम्पमा आँखा, दाँत र जनरल चेकअप गर्नुका साथै रक्तचाप र मधुमेहसमेत परीक्षण गरिएको थियो । उक्त्त स्वास्थ्य शिविरका अनुसार करीब २००० धर्मावलम्बीहरुले यस स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गराएका थिए ।

साउनको सोमबार देशभर महादेबको विभिन्न मन्दिरमा पूजा अर्चना गरिन्छ र सोमबार विशेष रुपमा पशुपतिनाथ, डोलेश्वर महादेव, हलेशीलगायत देशभरका बिभिन्न स्थानमा पूजा अर्चना गरिन्छ ।

वृज सिमेन्टको यो कार्य आफ्नो कम्पनीको वार्षिक कार्यक्रमअन्तर्गत संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *