चुनावी तयारीमा जुट्यो राप्रपा, अध्यक्ष लिङ्देन पुगे पोखरा 

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आसन्न आम निर्वाचनको तयारीमा जुटेको छ । सोमबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक गरेको राप्रपा निर्वाचन तयारीमा जुटेको हो ।

यसैक्रममा अध्यक्ष राजेन्द्र लिङ्देन आज कास्कीको पोखरा पुगेका छन् । उनी त्यहाँ वृहत् पार्टी प्रवेश कार्यक्रमको लागि पुगेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ४ मङ्सिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा अरू दलसँग गठबन्धन, तालमेल वा सहकार्यबारे निर्णय लिने जिम्मा अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ । बैठकले अध्यक्ष लिङ्देनको अध्यक्षतामा केन्द्रीय निर्वाचन परिचालन समिति र संसदीय समिति गठन गरेको छ ।

राप्रपाले घोषणापत्र तयारीका लागि प्रा. डा. गीताभक्त जोशी संयोजक, सगुनसुन्दर लावती, रमानन्द न्यौपाने, प्रा.डा. जयन्तनाथ खनाल र सहप्राध्यापक हेमराज कार्की रहेको समिति गठन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *