मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम भदौदेखि लागु गरिने

काठमाडौँ । नेपालमा मोबाइल फोनको अनधिकृत आयात नियन्त्रण गर्न नेपाल दूरसञ्चार प्राधिकरणले आउँदो भदौ ३० गतेबाट मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) सुरु गर्ने निर्णय गरिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरण तथा मोबाइल फोन इम्पोर्टस एसोसियसनद्वारा काठमाडौँको सोल्टी होटलमा आयोजित ‘मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम’(एमडीएमएस)को संयुक्त कार्यशाला गोष्ठीमा उक्त निर्णय भएको हो । एमडीएमएस प्रणाली अनधिकृत रुपमा मोबाईल फोनहरु नेपालमा प्रवेशमा नियन्त्रण गर्ने उच्च प्रविधि होे ।

गोष्ठीमा मोबाइल फोन इम्पोर्टस एशोसियसनका अध्यक्ष दिपक कुमार मलहोत्राले अहिलेको समयमा यसलाई गाँस, बास र कपासपछिको अति आवश्यकीय वस्तुको रुपमा मोबाइल फोन मानिएको बताए । तर हाल पछिल्लो समय सरकारले विलासिताको वस्तुको रुपमा वर्गीकरण गरी मोबाइल फोन आयातमा प्रतिबन्ध लगाएकोमा उनले गुनासो गरे ।

सरकारले विदेशी मुद्रा सञ्चितिमा कमी नहोस् भन्ने उद्धेश्य राखेर मोबाइल आयतमा प्रतिबन्ध लगाउन खोजे पनि गैरकानूनी मार्गबाट भन्सार छलीका फोन लाखौँको सङ्ख्यामा भित्रिँदा रेमिट्यान्स मार्फत स्वदेश भित्रिने डलरमा समेत नकारात्मक असर पुग्नुका साथै सरकारले अर्बौँ राजस्व समेत गुमाउनु परेको बताए ।

कार्यक्रममा एमपीआईएका उपाध्यक्ष सञ्जय अग्रवालले आउँदो भदौ ३० देखि औपचारिक रुपमा एमडीएमएस शुरुवात हुने र यसको दुईदेखि तीन महिनामा सतःप्रतिशत लागु हुनेछ ।
सोही कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक सुरेन्द्रलाल हाडाले एमडीएमएसको महत्व, विशेषता र प्रबिधिक पक्षबारे व्यापक विश्लेषण गर्दै यसको व्यावहारिक कार्यान्वयनका बारेमा महत्वपूर्ण जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि सचिव बैकुण्ठ अर्यालले देशको नियम र कानुनभित्र रही सम्बन्धित सरोकारवाला सबैसँग सहकार्य गरी जतिसक्दो चाँडो एमडीएमएस लागु गर्नुपर्नेमा जोड दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *