एनआईसी एशिया बैंकद्वारा बचत खातामा उपलब्ध दुर्घटना बीमावापत ३० लाख भुक्तानी

काठमाडौँ । एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकका विभिन्न शाखामा बचत खाता खोलेका ३ जना ग्राहक महानुभावहरुको दुर्घटनामा परी मृत्यु भएकाले ग्राहकलाई उपलब्ध गराइएको बीमा लाभअन्तर्गत मृतक खातावालका परिवारलाई बीमा वापत प्रतिव्यक्ति रू। १० लाखको दरले कुल रू. ३० लाख बीमा रकम भुक्तानी गरेको छ ।

बीमा लाभ प्राप्त गर्नेमा बैंकको त्रिपुरेश्वर शाखामा केएमसी एम्बेस्डर बचत खाता खोलेको स्व। शिवप्रसाद सुवेदीको लक्ष्मी ढकाल, ग्वार्को शाखामा सर्वश्रेष्ठ सहज बचत खाता खोलेका स्व। टंकप्रसाद घिमिरेको श्रीमती डिली मै घिमिरे र सुदुर पश्चिम प्रदेश साँफेबगर शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेका स्व. ज्ञानबहादुर चौधरीको श्रीमती अनिता चौधरी छन् । निज खातावालको हिताधिकारीलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सुदुरपश्चिम प्रदेश प्रमुख सुवास जोशीले फरक फरक कार्यक्रमका बिच बीमा रकम बराबरको चेक हस्तान्तरण गरे । बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो ।

बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका १४६७ जनाभन्दा बढी ग्राहकले घातक रोग बीमा वापत २ करोड ४० लाख, दुर्घटना बीमा वापत ७० लाख र मेडिकल बीमा वापत ३ करोड ३ लाख गरी कुल ६ करोड १३ लाख भन्दा बढी बीमा रकम प्राप्त गरिसकेका छन् ।

देशको दूरदराजमा रहेका लाखौँ ग्राहक माझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकले निक्षेप रकमको १० गुणासम्म मुद्दती रकम फिर्ता हुने उच्च प्रतिफलको साथमा ४ जनालाई ५ वर्षको लागि रू। ८४ लाखसम्मको बीमा सुविधा रहेको ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक गरेको छ ।

साथै सर्वाधिक उच्च ब्याजदर, पाँच वर्षसम्म निःशुल्क रू। ८४ लाखसम्मका ३ बीमा ९१८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा० सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू भएको सर्वश्रेष्ठ बचत खाता योजना ग्राहक महानुभावहरू सामू ल्याएको छ ।

यस बचत योजना अनुसार ग्राहक महानुभावले प्राप्त गगर्ने बीमा, कर्जा सम्बन्धी सुविधाहरू लगायत डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो शेयर खाता, ई–कमर्श नवीकरण, चेक क्लियरिङ, आरटिजिएस, आइपिएस/सी आइपिएस/फन्ड ट्रान्सफर, लकर मार्जिन, लकर सेवा र एटिएम सेवाहरू ग्राहक महानुभाव एवं निजले मनोनित गर्नुभएका अन्य ३ व्यक्तिहरूका लागि समेत पाँच वर्षको लागि पूर्ण रुपमा निःशुल्क हुने व्यवस्था बैंकले गरेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई बैंकले सेवा दिन सफल भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *