अर्थ सचिव कृष्णहरि पुष्करले गरे पदबहाली

काठमाडौँ । नवनियुक्त अर्थसचिव कृष्णहरु पुस्करले सोमबार पदबहाली गरेका छन् । सरकारले उनलाई २६ साउनमा अर्थसचिवमा नियुक्त गरेको थियो ।

त्यसअघि अर्थसचिव मधुकुमार मरासिनिलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेर सरकारले राजस्वसचिव रहेका पुष्करलाई अर्थसचिवको समेत जिम्मेवारी दिएको थियो ।

चालु आर्थिक वर्ष २०७९/८० को बजेट निर्माण प्रक्रियामा अनियमितता भएको भन्दै अर्थमन्त्री जनार्दन शर्माको विरोध भएपछि मरासिनी विदामा बसेका थिए ।

मन्त्री शर्माले राजिनामा दिएपछि पुनः काममा फर्किएका सचिव मरासिनी अर्थमन्त्रीले सफाइ पाएर पुनः अर्थमन्त्रीमै नियुक्त भएपछि भने फेरि बिदामा बसेका थिए । त्यसपछि सरकारले उनलाई सरुवा गरेर पुष्करलाई अर्थसचिव बनाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *