सुनको मूल्य घट्यो, कति पुग्यो तोलाको ?

काठमाडौँ । सोमबार सुनको मूल्य घटेको छ । यस दिन प्रतितोला ४ सय रुपैयाँका दरले सुनको मूल्य घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ४ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ । त्यस्तै, तेजाबी सुन यस दिन तोलाको ९६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमवार चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेको छ । यस दिन १ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार एक हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *