विष्णुमती पुलबाट हाम फालेका पुरुषको जीवितै उद्धार
२०७९ साउन ३० गते

फाइल फोटो
काठमाडौँ । विष्णुमती पुलबाट हाम फालेका पुरुषको जीवितै उद्धार गरिएको छ । काठमाडौँ महानगरपालिका-१६ बालाजु चोक नजिक विष्णुमती पुलबाट विष्णुमती खोलामा हाम फालेका अन्दाजी ४५ वर्षको पुरुषको उद्धार गरिएको हो ।
आइतबार हाम फालेका उनको उद्धार गरी वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको परिचय भनेको खुलेको छैन । प्रहरीकाअनुसार बाहिरी चोट नभएपनि उनी बोल्नसक्ने अवस्थामा छैनन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
२०७९ साउन ३० गते
प्रतिक्रिया
सम्बन्धित








