बालेनको प्रश्न- असफल नै बनाउनुपर्ने खेल किन ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँको फोहोर व्यवस्थापनमा केन्द्र सरकारबाट नै असहयोग मिलिरहेको गुनासो गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो गुनासो गरेका हुन् ।

धादिङको धुनीबेसी नगरपालिकाका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी दलले संयुक्त रूपमा जारी गरेको पत्र फेसबुकमा साझा गर्दै फोहोर व्यवस्थापनका लागि स्थानीय स्तरमा संरचना बनाइएको तथा मुआब्जालगायत सहमति पनि भइसकेको बताएका छन् । फोहोरमा राजनीति नगर्न र गरिए त्यसले राम्रो नगर्ने उनको भनाई छ ।

मेयर शाहले यसलाई विडम्बनापूर्ण हुने बताएका छन् । ‘वास्तवमै त्यो कसरत हो भने त्यो विडम्बनापूर्ण हुनेछ । बन्चरे डाँडमा फोहोर व्यवस्थापनका लागि कतिपय संरचनाहरू बनिसकेका छन् । भूमि लिन तथा संरचना निर्माणमा र प्रभावितहरूले पाउने सुविधा तथा मुआब्जा जस्ता काममा ५ अर्ब खर्च भइसकेको छ । यो झुक्क्याएर गरिएको पनि थिएन । यसका वैधानिक सम्झौताहरू छन् । ती सम्झौताहरूको पालना गर्नु सबैको कर्तव्य हो,’ उनले भनेका छन् ।

फोहोरको रासभित्र झन् कुहिएको खेल खेलेर राजनीतिको नाम नदिन उनले आग्रह गरे । ‘एउटा सरकारको तह र अर्को तहको आपसी समन्वय तथा मेलमिलापको नै कल्पना गरिएको छ । यसका विपरित एउटा सरकारले अर्को तहको सरकारलाई असहयोग गर्नु पर्ने, असफल नै बनाउनु पर्ने खेल किन गरिन्छ ? हामी त्यति धेरै असभ्य र स्वार्थी किन छौँ ?,ड उनले अगाडि भनेका छन्, ‘फोहोरको रास लगाएर त्यो भित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिऊ । राजनीति त्यस्तो हुँदैन । त्यस्तो राजनीतिले कसैलाई अगाडि बढाउँदैन । यसमा हेक्का राखौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *