भन्सार छलेर भारतबाट अवैध रुपमा ल्याइएको चिनी बरामद
२०७९ साउन २९ गते

झापा । भन्सार छली अवैध रुपमा भारतबाट लुकाइछिपाइ नेपाल भित्र्याइएको रु एक लाख ११ हजार बराबरको ३१ बोरा चिनी आज प्रहरीले बरामद गरेको छ ।
गौरीगञ्ज गाउँपालिका–५ स्थित जनता टोलमा मान्छे नबस्ने ग्वालीमा लुकाइछिपाइ राखिएको अवस्थामा इलाका प्रहरी कार्यालय गौरीगञ्जले सो चिनी बरामद गरेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बरामद गरेको केजी चिनी आजै मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको बताए।
२०७९ साउन २९ गते
प्रतिक्रिया
सम्बन्धित








