नबिल बैंकद्वारा खोकनामा डिजीटल बैंकिङ तथा वित्तीय पहुँच अभिमुखीकरण सम्पन्न

काठमाडौँ । नबिल बैंकले ललितपुर महानगरपालिका–२१, खोकनामा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम विशेषतः स्थानीय क्षेत्रको कृषि प्रवर्द्धन, युवा तथा महिला उद्यमशीलता, डिजिटल बैंकिङ्ग तथा वित्तीय साक्षरता प्रवद्र्धनमा केन्द्रित रहेको थियो ।

बैंकले नबिल दिगो बैंकिङको विभिन्न आयाम, डिजिटल बैंकिङ, क्यूआर कोड र अन्य सेवा सुविधाबारे विशेष प्रस्तुति दिएको थियो । ललितपुर महानगरपालिका–२१ खोकनाका वडा सदस्य, स्थानीय गुठी, आमा समूह र सहकारीका प्रतिनिधि, स्थानीय वुद्धिजिवी, किसान तथा उद्यमीको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा नबिल बैंकको तर्फबाट नबिल बैंक बागमती प्रदेश प्रमुख अमित श्रेष्ठ, फूलचोकी क्लस्टर प्रमुख अमित केसी, खोकना शाखा प्रबन्धक रोशन न्यौपानेकोसमेत उपस्थिति थियो ।

कार्यक्रममा विशेष वक्ताको रुपमा सम्बोधन गर्दै नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले युवा र महिलाको उद्यमशीलता विकास र रोजगारी सिर्जनामा सहयोग गरी दिगो समाजको निर्माण गर्न नबिल बैंक सँधै तत्पर रहेको बताए । त्यस्तै ललितपुर महानगरपालिका वडा न. २१, खोकनाका वडा अध्यक्ष रविन्द्र महर्जनले यस कार्यक्रमको लागि धन्यबाद ज्ञापन गर्दै खोकना वरपर उद्यमशीलता विकास गर्न नबिल बैंकसँग हातेमालो गर्ने बताए ।

कार्यक्रमको समापन गर्दै नबिल बैंक प्रादेशिक प्रमुख रोशन कोइरालाले उद्यमशीलता विकास र वित्तीय पहुँच प्रवद्र्धनमा नबिल बैंक स्थानीय निकायसँग सहकार्य गर्न सँधै तत्पर रहेको बताए ।

नेपाल सरकारले अवलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसका दिन नबिलले दिगो बैंकिङको सुरुवात गरेको हो । सुरुमा १७ वटा शाखाबाट सुरु गरेको दिगो बैंकिङ बैंकले हाल १०० शाखामा विस्तार गरेको छ ।

दिगो बैंकिङअन्तर्गत किसान कर्जा र उद्यमशील कर्जा मार्फत ५०० भन्दा बढी उद्यमीलाई ५५ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । साथै नबिल बैंक र संयुक्त राष्ट्र पूँजी विकास कोषको सहकार्यमा आधारित ‘क्यूआर कोड ः महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवद्र्धन’ परियोजनाअन्तर्गत बैंकले देशका विभिन्न ठाउँमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *