आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने निजामती कर्मचारी संगठनको चेतावनी

काठमाडौँ । नेपाल निजामती कर्मचारी सङ्गठनले आफूहरूका माग बमोजिम तीन तहको कर्मचारीलाई मार्गनिर्देशन गर्ने ऐन जारी नभएमा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

आइतबार काठमाडौँमा केन्द्रीय कार्य समितिको दोस्रो बैठकको निर्णय सार्वजनिक गर्दै सङ्गठनका अध्यक्ष लेखनाथ कोइरालाले आफूहरूको माग बमोजिम तीन तहको कर्मचारीलाई मार्ग निर्देशन गर्ने ऐन जारी नभएमा सङ्गठनको नेतृत्वमा चरणबद्ध आन्दोलनका कार्यक्रम अगाडि बढाउने चेतावनी दिएका हुन् ।

उनले आवश्यक परे आन्दोलनका लागि अन्य ट्रेड युनियनलाई समेत आह्वान गरिने जानकारी दिए । प्रस्तावित सङ्घीय निजामती सेवा ऐन स्थानीय, प्रदेश र केन्द्रीय तीन तहमा कार्यरत कर्मचारीहरूलाई मार्ग निर्देशन गर्ने मूल कानुन निजामती सेवा ऐन जारी गर्न नेपाल सरकारले ढिलासुस्ती गरेको भन्दै उनले आपत्ति जनाए ।

अध्यक्ष कोइरालाले नेपाल निजामती कर्मचारी सङ्गठन केन्द्रीय समितिको बैठकले दूरगामी महत्त्व राख्ने निर्णयहरू गरेको बताए ।

उनले दोस्रो बैठकमा लेखा परीक्षण, अनुशासन आयोग र निर्वाचन आयोगका अध्यक्ष तथा सदस्यहरूलाई २ दिने प्रशिक्षण दिएको बताए । साउन २६,२७ र २८ गते भक्तपुरको गठ्ठाघरमा सम्पन्न भएको बैठकले महासचिव जीवन काफ्लेद्वारा प्रस्तुत ‘साङ्गठनिक प्रतिवेदन’ र कोषाध्यक्ष गणेश प्रसाद आचार्यद्वारा प्रस्तुत ‘आर्थिक प्रतिवेदन’ सुझाव सहित सर्वसम्मत पारित गरेको सङ्गठनले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 16 =