थप ४ सय ५५ जनामा काेराेना संक्रमण, २ काे मृत्यु

काठमाडौँ । नेपालमा थप ४ सय ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ३ सय ८ पिसिआर परीक्षणका क्रममा ३ सय ५ जना र २ हजार ५ सय २१ एन्टीजेन परीक्षणका क्रममा १ सय ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ८८ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै थप ३ सय २ सङ्क्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७५ हजार ६ सय ९ जना निको भएका छन् ।

हाल नेपालमा ५ हजार ४ सय ३५ सक्रिय सङ्क्रमित आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − five =