काठमाडौँको फोहर उठाउने सरकारकाे हुती छैन : योगेश भट्टराई
२०७९ साउन २९ गते

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौँको फोहर उठाउन सरकारको हुती नभएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा भट्टराईले काठमाडौँमा फोहर नउठेको ७१ दिन हुँदा पनि प्रधानमन्त्रीले कुनै पहल नगरको र मन्त्रीहरू बेखबर रहेको भन्दै फोहर उठाउन सरकारको हुती नभएको बताएका हुन् ।
उनले काठमाडौँमा फोहर नउठ्दा हैजा र झाडापखालाको महामारीको खतराका साथै उपत्यकाको सौन्दर्य नै गुम्ने खतरा भएकाले फोहर व्यवस्थापनको ठोस प्रस्ताव लिएर आउन काठमाडौँका मेयर बालेन्द्र साहलाई सुझाव दिए । वर्तमान सरकारको भर परे काठमाडौँका मेयर शाह असफल हुने उनको भनाइ छ ।
भट्टराईले एमालेसँग भिजन र दृष्टिकोण रहेकाले काठमाडौँका मेयरलाई सहयोग गर्न तयार रहेको बताए ।
२०७९ साउन २९ गते
प्रतिक्रिया
सम्बन्धित








