महानगरको विकासका लागि विज्ञसँग छलफल

विराटनगर । विराटनगर महानगरपालिकाले छुट्टै योजना आयोग बनाएर आफ्नो क्षेत्रको वृहत्तर विकास गर्ने योजना बनाएको छ । विराटनगरको समग्र विकासका लागि विषय विज्ञहरूसँगको छलफलमा सो धारणा अघि सारिएको हो ।

महानगरले विषय विज्ञलाई बोलाएर तत्कालीन, अल्पकालीन र दीर्घकालीन के कस्ता योजना ल्याएर विराटनगरको वृहत्तर विकास गर्न सकिन्छ भन्ने विषयमा छलफल सुरु गरिएकामा सहभागीले सबैलाई करको दायरामा ल्याएर महानगरको आम्दानी बढाउनुपर्नेमा जोड दिए । उनीहरूले विराटनगरको पहिचान झल्कने गरी योजना सञ्चालन गर्नसमेत सुझाव दिए ।

पहिलो चरणमा बुद्धिजीवी र विभिन्न सामाजिक सङ्घ संस्थामा आबद्ध व्यक्तिहरूलाई प्रतिनिधिमूलक रुपमा छलफलमा सहभागी गराइएको थियो । छलफलमा प्रा डा पीके झा, अर्थविद् डा भेषप्रसाद धमला, वरिष्ठ अधिवक्ता भरत थापा, विनयराज पाण्डे, महेन्द्र मोरङ क्याम्पसका प्रमुख प्रा डा बाबुराम तिम्सिना, बुद्धिजीवी दिनेश श्रेष्ठ, एलिट क्लबका अध्यक्ष विश्वनाथ रिजाल, महासचिव यज्ञ शर्मा, विराटेश्वर वृद्धाश्रमका अध्यक्ष जगतप्रसाद अज्र्याल, विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेल, साहित्यकार रामबाबु दाहाल, एविसी नेपालकी अध्यक्ष विष्णु शर्मा, पब्लिक फोरमका अध्यक्ष उत्तम ढुङ्गेल, युवा अभियन्ता वसन्त अधिकारीलगायतले महानगरको विकासका लागि आ–आफ्ना सुझाव दिए ।

महानगर प्रमुख नागेश कोइरालाले महानगर योजना आयोग बनाएर विराटनगरको वृहत्तर विकासमा लाग्ने जनाए । ‘महानगरको छुट्टै योजना आयोग बनाएर विकासको मोडल तयार गर्ने हाम्रो योजना छ,’ उनले भने, ‘त्यसका लागि हामी गृहकार्यमा छौँ, अब विराटनगर यथास्थितिमा बस्न सक्दैनन् । हामी आएको पनि तीन महिना पूरा भएको छैन, अझै धेरै कुरा बुझिसकेका छैनौँ ।’

महारको आवधिक योजनाका लागि प्रारम्भिक सुझाव सङ्कलन भएको उनको भनाइ थियो । बढीभन्दा बढी प्रविधि प्रयोग गरेर सेवाग्राहीको सहजताका लागि महानगरले काम गर्ने उपप्रमुख शिल्पा निराला कार्कीले जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − four =