‘काठमाडाैँकाे फाेहाेरमा राजनीति नगराैँ, त्याे बालेनलाई मात्रै नभएर सबैलाई गन्हाउँछ’ (भिडिओसहित)

काठमाडाैँ । नेपाली कांग्रेसका सांसद जिपछिरिङ लामाले काठमाडाैँकाे फाेहाेरमा राजनीति भइरहेकाे बताएका छन् । आइतबार बिहान बसेकाे प्रतिनिधि सभा बैठकमा भाग लिँदै उनले भनेका छन्, ‘फाेहाेर हामी सबैलाई गन्हाउँछ, यसमा राजनीति नगराैँ ।’
उनले त्यसअघि प्रश्न गरेका छन्, ‘काठमाडाैँकाे फाेहाेर कहिले उठ्ने ? त्यहाँचाहिँ स्वतन्त्र मेयर भयाे भनेर नउठेकाे हाे कि ? याे फाेहाेर त हामी सबैलाई गन्हाउँछ नि, त्याे बालेन शाहलाई मात्रै गन्हाउँत त ? काठमाडाैँवासीलाई गन्हाउँछ, काठमाडाैँ आउने/बस्ने मान्छेहरूलाई गन्हाउँछ । काठमाडाैँमा रहेकाे सरकारलाई गन्हाउँछ । अनि त्याे फाेहाेर कहिले उठाउने ? फाेहाेरमा राजनीति नगराैँ, याे फाेहाेरमा राजनीति गरेर भाेट आउँछ ?’
सबै राजनीति पार्टी मिलेर काठमाडाैँकाे फाेहाेर उठाउनुपर्ने भनाइ सांसद लामाकाे थियाे । उनले थपे, ‘सरकारहरू मिलेर याे फाेहाेर उठाइहालाैँ । त्याे मेयरलाई सहयाेग गर्नुपर्याे । त्याे मेयर पनि जनताले भाेट हालेर जिताएकाे हाे ।’








