पालुङटारमा कुटपिटबाट १ जनाकाे मृत्यु, ४ जना पक्राउ

गोरखा । जिल्लाकाे पालुङटारमा कुटपिटबाट १ जनाकाे मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा पालुङटार ५ धरमपानी बस्ने ३५ वर्षीय बुद्धि बहादुर बिक रहेको प्रहरीले जनाएकाे छ । प्रहरीले बिकमाथि कुटपिट गरेकाे अभियोगमा सोही ठाउँ बस्ने ३४ वर्षीय राम शरण बिक लगायत ४ जनालाई पक्राउ गरेको छ ।

उनीहरुले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा गम्भीर घाइते भएका बुद्धि बहादुरको आँपपिपल अस्पताल पालुङटारमा उपचारको क्रममा मृत्यु भएको हाे ।

अभियुक्तहरूलाई इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको प्रहरी टाेलीले पक्राउ गरेकाे हाे ।

घटनाबारे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय गाेरखाले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =