इंग्लिस प्रिमियर लिग

सानदार जितसँगै शीर्ष स्थानमा म्यानचेस्टर सिटी

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले लगातार दोस्रो जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले बर्नमाउथलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

सिटीको जितमा इके गुनडोगान, केभिन डी ब्रुने, फिल फोडेनले एक एक गोल गरेका थिए भने एक गोल बर्नमाउथका जेफेरसन लेर्माले आत्मघाती गोल गरेका थिए ।

सिटीको यो यस सिजनमा लगातार दोस्रो जित हो । यसअघि सिजनको पहिलो खेलमा सिटीले वेस्टह्यामलाई २-० गोल अन्तरले पराजित गरेको थियो । यो जितपछि सिटीको २ खेलमा ६ अंक भएको छ र लिगमा शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + one =