सुरक्षाकर्मी चढेको जीप दुर्घटना : प्रहरी लक्ष्मण पुनको मृत्यु, घाइतेहरुको नेपालगञ्जमा उपचार

काठमाडौँ । रूकुम पूर्वमा भ्यान दुर्घटना हुँदा घाइते भएका एक प्रहरी जवानको मृत्यु भएको छ। भ्यान दुर्घटनामा घाइते प्रहरी लक्ष्मण पुनको मृत्यु भएकाे हाे ।  पुथाउत्तरगंगा गाउँपालिका -११, तल्लोसेरामा जिल्ला प्रहरी कार्यालयको भ्यान दुर्घटनामा भएको थियो।

दुर्घट्नामा दुई डीएसपीसहित ६ प्रहरी घाइते भएका थिए। गम्भीर घाइते भएका प्रहरी जवान लक्ष्मण पुनको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु प्रदेश प्रहरी कार्यालयका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए। दुर्घटनाका घाइतेहरुलाई हेलिकप्टर मार्फत नेपालगञ्ज लगिएको थियो। घाइतेहरुको नेपालगञ्जमै उपचार भइरहेको छ।

रोल्पाको सुनिल स्मृति गाउँपालिकाका ३० वर्षीय पुन जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वमा कार्यरत थिए। लु १ झ ६६० नम्बरको भ्यान दुर्घटना हुँदा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रवीन्द्र श्रेष्ठ पनि घाइते भएका थिए।

अनुगमन र अरु कामको सिलसिलामा प्रमुख जिल्ला अधिकारीलगायतको टोली तकसेरा जाने क्रममा दुर्घटनामा परेको हो । प्रमुख जिल्ला अधिकारीसहितको टोली भने अर्को गाडीमा सवार रहेका थिए । सडकदेखी करिब १ सय मिटर तल खसेको भ्यान दुर्घटना हुनुको कारण भने खुलेको छैन ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + twelve =