शिक्षा क्षेत्रको बिकासका लागि बजेट कम हुन दिन्र : शिक्षामन्त्री पौडेल

काठमाडाैँ ।  शिक्षामन्त्री देवेन्द्र पौडेलले नेपालको शिक्षा क्षेत्रको बिकासका लागि बजेट कम हुन नदिने प्रतिवद्धता जनाएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले शनिबार काठमाडौंमा आयोजना गरेको नेपालको विद्यालय शिक्षा र नजितासम्बन्धी छलफल कार्यक्रममा मन्त्री पौडेलले शिक्षा मन्त्रालयमा प्रयाप्त बजेट बिनियोजन नभएपनि शिक्षा क्षेत्रको बिकासका लागि बजेट कम हुन नदिने प्रतिवद्धता जनाएका हुन् ।

मन्त्री पौडेलले संघले छुट्टाउने एक नंवरको बजेट शिक्षा कै भएको उल्लेख गरे । उनले  सवै मिलेर नेपालको शिक्षा क्षेत्रको गुणस्तर बढाउदै अन्तराष्ट्रिय स्तरको बनाउनुपर्नेमा जोड दिए । उनले तीन बर्षभित्र विद्यालयको भौतिक पूर्वाधार निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको जानकारी दिए ।

१० बर्षे शिक्षा सुधारको कार्ययोजनालाई कार्यान्वयन गर्न सवै जिम्मेवार भएर लाग्नुपर्ने उनको भनाइ छ । उनले शिक्षा क्षेत्रमा नीजि क्षेत्रले गरेको लगानीलाई राज्यले उपेक्षा नगर्ने र नाफाको प्रतिशत कम लिएर सेवा दिनुपर्ने मान्यता रहेको बताए । मन्त्री पौडेलले शिक्षा क्षेत्रको पछिल्लो रिपोर्ट हेर्दा केहि सच्चाउनुपर्ने अवस्था देखिएको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *