पृथ्वीचोकस्थित पोखरा मलमा आगलागी

२०७९ साउन २७ गते

पोखरा । पोखराको पृथ्वीचोकमा रहेको पोखरा मलमा आगलागी भएको छ । मलभित्र रहेको मोबाइल पसलबाट आगो लागेको अनुमान गरिएको छ । अहिले त्यहाँ प्रहरी र दमकल खटाएर नियन्त्रणको प्रयास भइरहेको छ ।
सोही मलमा नेपाल बैंकको समेत कार्यालय छ । पृथ्वीचोकमा स्थानीयको भीड लागेको छ । आगो नियन्त्रणमा समस्या भइरहेको कास्की प्रहरीले जनाएको छ ।

२०७९ साउन २७ गते
प्रतिक्रिया
सम्बन्धित