कृष्णहरि पुस्कर बने अर्थसचिव, राजस्वसचिवमा रामेश्वर दंगाल

काठमाडौँ । सरकारले कृष्णहरि पुष्करलाई अर्थसचिवमा नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अर्थसचिवमा नियुक्त गरेको हो । यसअघि उनी राजस्व सचिव थिए । अर्थसचिवको नियुक्त नभइञ्जेलका लागि सरकारले सचिव पुष्करलाई अर्थ सचिवको समेत जिम्मेवारी दिएको थियो ।

सरकारले राजस्व सचिवमा रामेश्वर दंगाललाई नियुक्त गरेको छ ।

करको दर हेरफेर गरेको प्रकरणमा अर्थमन्त्री जनार्दन शर्मा मुछिएपछि अर्थसचिव मधुकुमार मरासिनी विदामा बसेका थिए ।

अर्थमन्त्री शर्मा पुनः मन्त्रालयमा फकिएपछि सचिव मरासिनी अप्ठ्यारोमा परेका थिए । सरकारले उनीलाई मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेर समस्याको गाँठो फुकाएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *