‘जनम थुलुङ स्मृति ग्रन्थ’ प्रकाशन हुँदै, भदाै १५ गतेसम्म लेख/रचना सङ्कलन गरिने

काठमाडाैँ । ‘जनम थुलुङ स्मृति ग्रन्थ’ प्रकाशन हुने भएको छ । दिवंगत गायक जनमसँग सम्बन्धित लेख, रचना एवम् सामाग्रीहरू समेटेर स्मृति ग्रन्थ प्रकाशन गर्न लागिएकाे प्रतिष्ठानले जनाएकाे छ । ग्रन्थ प्रकाशनकाे कामसमेत शुरू भइसकेकाे छ प्रतिष्ठानका अध्यक्ष एवम् जनमका दाजु खुक्सङ खम्बु राईले जानकारी दिएका छन् । उनकाअनुसार अहिले लेख रचना सङ्कलनकाे काम भइरहेकाे छ ।

गायक जनमले नेपाली सांगीतिक क्षेत्रसँगै खासगरी थुलुङ समुदायमा पुर्‍याएकाे योगदानलाई सङ्ग्रहित गर्दृै भावी पुस्तालाई सु-स्पष्टरूपमा बुझाउन र देखाउनलाई स्मृति ग्रन्थ प्रकाशन गर्न लागिएकाे प्रतिष्ठानले जनाएकाे छ । प्रतिष्ठानद्वारा जारी सूचनामा भनिएकाे छ, ‘गायक जनमसँगको सम्बन्ध, अविस्मरणीय पल, राति समुदायको भाषिक तथा सांस्कृतिक क्षेत्रमा उहाँको योगदान लगायतका विषयमा लेख, रचना, गीत, कविता, संस्मरण, तस्बिर एवम् प्रकाशनयोग्य अन्य सामाग्री पठाउन अनुराेध गरिन्छ ।’

सामाग्रीहरू भाद्र १५ गतेसम्म प्रतिष्ठानलाई पठाइसक्नुपर्ने छ ।

प्रतिक्रिया

One thought on “‘जनम थुलुङ स्मृति ग्रन्थ’ प्रकाशन हुँदै, भदाै १५ गतेसम्म लेख/रचना सङ्कलन गरिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *