साउन २७ गते शुक्रबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

पञ्चाङ्ग
वि.सं. साउन २७, २०७९ । ई.सं. १२ अगस्ट २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ दिल्लागा । नल दक्षिणायन वर्षा । शुक्रबार श्रावण शुक्लपक्ष । तिथि- पूर्णिमा ७:२५ बजेदेखि प्रतिपदा, २९:१८ बजे उप्रान्त तृतीया । नक्षत्र- धनिष्ठा, २७:५५ बजे उप्रान्त शतभिषा । योग- सौभाग्य, १३:५८ बजे उप्रान्त शोभन । करण- वव ७:२५ बजेदेखि वालव, १८:२० बजे उप्रान्त वव । चन्द्रराशि मकर । आनन्दादि योग धाता । दिनमान ३२।५५ । सूर्योदय ५:३३ । सूर्यास्त १८:४३ । ध. पञ्चक प्रा.१६:३४ । पूर्णिमा,ॠषितर्पणी, रक्षाबन्धन, व्याजाँनके, गुँपुन्ही, मानसव्रत समाप्ती, पशुपतिनाथ, ल.पु. कुम्भेश्वर, गोसाइँकुण्ड, सोलु दुधकुण्ड, जनकपुर धनुषसागर आदि स्थानमा मेला, डडेलधुरा भागेश्वरजाँत, संस्कृति दिवस, मुक्तिनाथ यार्तुङ, डोलेश्वर उत्सव, गाईजात्रा, सापारु ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज परिवारजनको साथले नयाँ आशा जगाउनेछ । शुभ समाचार सुन्न पाइएला । आस मारेको काम बन्नेछ, तर पेटको समस्या बढ्न सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । शुभ काममा मन जानेछ । घर, जग्गाको कारोबारमा सफलता मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) इनाम र प्रतिष्ठा कमाउने बेला छ । आँटेको र ताकेको कार्य पुरा होला । परिवारसँग समय बिताउने अवसर जुट्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज सामान चोरी हुने भय छ । टाउको दुख्ने समस्या हुन सक्छ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन र शुभ काममा मन जानेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कार्यको योजना बन्नेछ । बोलीको प्रभाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा नै हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ । मनमा उमङ्ग र उत्साह छाउनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । भक्ति पनि बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । मनोरञ्जनको क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सानातिना बाधा आइलागे पनि काम रोकिने छैन र कार्य सम्पादनमा सहजता मिल्दै जानेछ । विद्या र बुद्धिको विकास हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । चिताएको कामले तीव्रता लिनेछ । गरेको कार्यमा सफलता पाइनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ कार्यको योजना बन्ने र नयाँ वस्त्र प्रगतिको योग छ । सरकारी निकायबाट सहयोग मिल्नेछ । शेयर बजारमा गरेको लगानी पनि राम्रो हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । सबै काम यथावत् रूपमा सम्पन्न हुँदै जानेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज अपजस मिल्नसक्ने भएकाले सजग रहनुहोला । आर्थिक कारोबारमा मन्दी आउनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =