सेयर बजार १९ अंकले घट्यो

काठमाडौँ । साताको पाँचौँ कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ ।

यस दिन सेयर बजार परिसूचक नेप्से १९.०६ अंकले घटेर २०३७.८३ बिन्दुमा ओर्लिएको छ । सेन्सेटिभ परिसूचकसमेत यस दिन ४.०९ अंकले घटेर ३९१.६६ बिन्दुमा पुगेको छ ।

यस दिन १ सय ५० ओटा कम्पनीका लगानीकर्ताले घाटा व्यहोरेका छन् । त्यस्तै, ३१ कम्पनीका लगानीकर्ता नाफामा छन् ।

यस दिन सामुहिक लगानी कोषबाहेक अरु १२ ओटा समूहगत सूचक ओरालो लागेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *