रिचेत जलविद्युत कम्पनीकाे आईपीओ बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

काठमाडौँ । रिचेत जलविद्युत कम्पनी लिमिटेडको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) निकाल्न एनआईबिएल एस क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रुपमा नियुक्त भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि १ लाख १२ हजार २ सय २३ कित्ता साधारण शेयरको सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ ।

उक्त सम्झौतापत्रमा मिति २०७९ साउन २५ गते रिचेत जलविद्युत् कम्पनीका अध्यक्ष अर्जुनप्रसाद पौडेल, र कम्पनीसचिव शिशिर खनाल तथा एनआईबिएल एस क्यापिटल लिमिटेडका नायव महाप्रबन्धक सचिन्द्र ढुंगाना र एनआईबिएल एस क्यापिटल लिमिटेड मर्चेन्ट बैंकिङ प्रमुख रोश्ना मानन्धरले हस्ताक्षर गरेका छन् ।

कम्पनी ऐन, २०६३ अन्तर्गत विसं. २०७० सालमा स्थापना भएको रिचेत जलविद्युत् कम्पनी लिमिटेडको प्रमुख कार्यालय ललितपुर– १५, महालक्ष्मी स्थानमा अवस्थित छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *