जुम्लाबाट जित्लान् ज्ञानेन्द्र शाही ? स्थानीय निर्वाचनमा राप्रपाले पाएको थियो ४५० मत !

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले जुम्लाबाट चुनाव लड्ने घोषणा गरेका छन् । प्रवक्ता शाहीले प्रतिनिधि सभा निर्वाचनका लागि जुम्लाबाट चुनाव लड्ने घोषणा गरेका हुन् ।

उनले मुलुकमै पछाडि परेका जुम्लाबाँसीले जिल्लाको मात्रै नभई देशको नेतृत्व गर्नपर्छ भन्ने भावनाले जुम्लाबाट उम्मेदवारी घोषणा गरेको बताए ।उनी जुम्लाको सिंजा गाउँपालिका वडा नम्बर ३ निवासी हुन् ।

उनले भने,’ हामी जन्मदाँखेरी ७ दिन हिँडेर, २५ किलोको भारी बोकेर बिहानदेखि बेलुका सम्म सुर्खेत आउँदा खेरी गाडी देख्दा खेरी, बस देख्दा खेरी घाँस हाल्नुपर्छ भन्ने हामी चेतनाको पछाडि पीडित भएर बसेका हामी जुम्लाबाँसी अब जुम्लाले सिंगो जुम्लाको मात्र होइन । देशको नेतृत्व गर्नुपर्छ भनेर मेरो उम्मेदवारी जुम्लाबाट भएको छ ।’

शाहीकै अनुसार पनि जुम्लामा राप्रपा निकै कमजोर छ । गत स्थानीय तहको मतपरिणाम अनुसार राप्रपाले करिब ४५० मतमात्रै ल्याएको उनले बताए । शाहीको वडामा राप्रपाले १६ मत ल्याएको छ ।

२०७४ सालको संघीय निर्वाचनमा भने राप्रपा गठबन्धनमा सामेल थियने । संघीय चुनावमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका गजेन्द्रबहादुर महतले २२ हजार १७३ मत लाएर चुनाव जितेका थिए । दोस्रो भएका नेपाली काँग्रेसका देवेन्द्रबहादुर शाहीले १४ हजार १४९ मत ल्याएका थिए ।

नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्लेले २ हजार ७१८ मत ल्याएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का विन बुढाले ३८०, तत्कालीन संघीय समाजवादी फोरमले १५९ मत ल्याउँदा स्वतन्त्र उठेका हरिहर चौलागाईले १५२ मत ल्याएका थिए ।

‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानका संयोजक शाही गत फागुनमा राप्रपा प्रवेश गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 16 =