कोरोना संक्रमणबाट थप ३ जनाकाे मृत्यु, ८ सय ६८ संक्रमित

काठमाडौँ । नेपालमा थप ८ सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ३ हजार ६ सय १४ पिसिआर परीक्षणका क्रममा ४ सय ९६ जना र ३ हजार ९१ एन्टीजेन परीक्षणका क्रममा ३ सय ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४ सय १४ सङ्क्रमित कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा ५ हजार ८ सय ८५ सक्रिय सङ्क्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *