बालाजुस्थित जुत्ता कारखानामा आगलागी
२०७९ साउन २५ गते
काठमाडौँ । काठमाडौँको बालाजुस्थित एउटा जुत्ता कारखानामा आगलागी भएको छ । बालाजु बाइसधारामा रहेको वान वर्ल्ड जुत्ता कारखानामा आगो लागेको हो ।
प्रहरीकाअनुसार सो कारखाना औद्योगिक क्षेत्रनजिकै छ । आगो निभाउन काठमाडौं र ललितपुरका दमकल पुगिसकेको बालाजु प्रहरी वृत्तले जनाएको छ ।
अहिलेसम्म आगलागीको कारण खुलेको छैन । घटनाको थप विवरण आउन बाँकी छ ।
२०७९ साउन २५ गते
प्रतिक्रिया
सम्बन्धित








