प्रभु बैंक र लोकहित डेन्टल छुटसम्बन्धी सम्झौता

काठमाडौँ । प्रभु बैंक र त्रिशुली लोकहित डेन्टल हस्पिटलबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेष राज धमला र त्रिशुली लोकहित डेन्टलका तर्फबाट अध्यक्ष डा. गणेश साहले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकले लोकहितद्वारा सञ्चालित सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *