बलात्कार मुद्दामा सजाय पाएका भारतीय नागरिक पक्राउ

काठमाडौँ । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका १४ कालीमाटीमा ग्यारेज/वर्कसप सञ्चालन गरी बस्ने भारत मोतीहारी तुरकौलिया थाना रगुनाथपुर गाउँ घर भएका ४७ वर्षीय सकील खान रहेकाे प्रहरीले जनाएकाे छ । उनलाई मङ्गलवार प्रहरीले पक्राउ गरेको हाे ।

उच्च अदालत पाटनको २०७६ भदौ ८ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जबाट खटिएको प्रहरीले काठमाडौँ कुशेश्वरबाट पक्राउ गरेको हो ।

खानले २०७३ फागुन ८ गते ३२ बर्सिया महिलालाई मादक पदार्थ सेवन गराई लठ्ठ पारी व्यापार व्यवसाय सञ्चालन गर्ने सामान किन्नका लागि भारत लैजान्छु भन्दै झुक्याई काठमाडौँ नयाँ बसपार्क जाने भनी ट्याक्सी चढाई काठमाडौँ महानगरपालिका ११ सुनधारास्थित ओम सुनधारा गेस्ट हाउसमा लगी जबरजस्ती करणी गरेको मुद्दामा अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौँमा पेस गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *