नेप्से ४५ अंकले घट्यो, झण्डै ३ अर्बको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार ठूलो अंकले घटेको छ ।

यस दिन सेयर बजार परिसूचक नेप्से ४५.४२ अंकले घटेर २०६०.७३ बिन्दुमा आइपुगेको छ । ‘क’ वर्गको कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत यस दिन ९.६८ अंकले घटेर ३९६.४२ बिन्दुमा पुगेको छ ।

यस दिन २ अर्ब ८१ करोड ५१ लख ४४ हजार ५ सय ९८ रुपैयाँमा ६६ लाख ४६ हजार ३६ कित्ता सेयर किनबेच चएको छ । यस दिन १७१ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै, ९ वटा कम्पनीको सेयर मूल्य बढेको छ । एउटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

यस दिन १३ वटै समूहगत सूचक समेत घटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *