आकर्षक फिचरसहित भिभो वाई१५सी नेपालमा सार्वजनिक

काठमाडौँ । विश्वको अग्रणी स्मार्टफोन ब्राण्ड भिभोले वाई सिरिजअन्तर्गत नयाँ स्मार्टफोन भिभो वाई१५सी नेपाली बजारमा सार्वजनिक गरेको छ । वाई१५सी को लन्चसँगै, भिभोले युवालाई प्रचुर विशेषता भएको स्मार्टफोन र विभिन्न मुल्य दायरामा अर्थपुर्ण नवीनता प्रदान गर्ने आफ्नो दृष्टिकोणलाई अघि बढाएको हो ।

सिमलेस अनुभव सुनिश्चित गर्न वाई१५सी मा ६.५१ इन्चको हेलो फुलभ्यु डिस्प्लेसहित आई प्रोटेक्सन समावेश गरिएको छ । युवा प्रयोगकर्ताको जीवनशैलीसँग मिल्ने र दिनभरी निर्बाध रुपमा चलिरहने शक्तिशाली ह्यान्डसेट चाहने युवा र ‘अन द गो’ उपभोक्ताको जीवनशैली अनुरूप वाई१५सीलाई डिजाइन गरिएको हो ।

भिभो नेपालका सीईओ माइकलले भने, ‘युवा उपभोक्तालाई लक्षित गरी भिभोको वाई सिरिजले बजारमा आफुलाई नेपालको सबैभन्दा लोकप्रिय स्मार्टफोन लाइन–अपको रूपमा स्थापित गरेको छ । वाई शृङ्खलाका स्मार्टफोन ‘अन द गो’ मिलिनेअलको बढ्दो आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको हो । उत्कृष्ट ५००० एमएएच ब्याट्रीले सुसज्जित, हालै लन्च गरिएको वाई१५सी सधैं अमूल्य साथी साबित हुनेछ । यो स्मार्टफोनको अन्य उल्लेखनीय सुविधामा साइड–माउन्टेड फिंगरप्रिन्ट स्क्यानर, शक्तिशाली एआई डुअल क्यामेरा र स्टाइलिश डिजाइन समावेश छ ।’

उत्कृष्ट क्लिकका लागि नयाँ युगको क्यामेरा
कम्पनीका अनुसार वाई१५सी मा १३एमपी एआई डुअल क्यामेरा र २ एमपी सुपर क्याक्रो क्यामेरा सेटअप जसबाट उच्चस्तरीय फोटोग्राफी अनुभव लिन सकिन्छ । साथै, उत्कृष्ट सेल्फीका लागि यसमा ८ एमपी फ्रन्ट क्यामेरा छ । वाई१५सीले दैनिक सुटिङ अनुभवलाई सहज बनाउन फेस ब्युटी, फोटो, भिडियो, लाइभ फोटो, टाइम–ल्याप्स, पानोरोमा, र प्रो मोड प्रस्तुत गर्दछ ।

लामो समयसम्म टिक्ने शक्तिशाली ब्याट्री
कम्पनीका अनुसार वाई १५सी मा ५०००एमएएच ब्याट्री छ, जुन दैनिक कार्यका लागि पर्याप्त हुन्छ । यसलाई एक पटक पूर्ण चार्ज गरेपछि १८.७४ घण्टासम्म चलचित्र हेर्न वा ७.८९ घण्टा गेम खेल्न सकिन्छ । यसमा ५भोल्टको रिभर्स चार्जिङ छ, र पावर बैंक जस्ता अन्य उपकरण चार्ज गर्न प्रयोग गर्न सकिन्छ ।

इमर्सिभ प्रदर्शन र स्टाइलिश डिजाइन
कम्पनीका अनुसार वाई१५सी मा ६.५१ इन्चको हेलो फुलभ्यु डिस्प्लेसहित आई प्रोटेक्सन समावेश गरिएको छ जसले प्रयोगकर्तालाई भिडियो स्ट्रिमिङ, इन्टरनेट सर्फिङ र गेम खेल्दा इमर्सिभ अनुभव प्रदान गर्दछ । यसको आई प्रोटेक्सनले गर्दा दिनभरी फोन चलाए पनि आँखा थकित हुँन दिँदैन । प्रभावशाली विशेषताहरु भएको यो स्मार्टफोन ८.२८ एमएम पातलो छ, हलुका तौल र फोन बोक्दा आरमदायी अनुभव प्रदान गर्दछ ।

आकर्षक रंगहरू तथा विशेषताहरु
कम्पनीका अनुसार वाई१५सी दुईवटा आकर्षक रंगमा : मिस्टिक ब्लु र वेभ ग्रीनमा उपलब्ध छ । यसमा साइड–माउन्टेड फिंगरप्रिन्ट स्क्यानर, फेस एक्सेस, बोकेह मोड, औरा स्क्रिन लाइट, मल्टी टर्बो ३.०, आईम्यानेजर, इजीसेयर लगायतका विशेषताहरु छन् । यो फनटच ओएस १२ (एन्ड्रोइड १२) मा सञ्चालित छ । वाई १५सी ३जीवी र्याम र ३२जीवी रोममा रु १७,९९९ मा देशभरका रिटेल स्टोरहरुमा उपलब्ध छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *