बढ्यो सुन र चाँदीको भाउ

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुन र चाँदीको भाउमा वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढेको हो।

यससँगै ९६ हजार ९ सय पुगेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९६ हजार ४ सय रुपैयाँ पुगेको छ। त्यस्तै मंगलबार चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२४० रुपैयाँमा कारोबार भइरहेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *